नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

परिचय

बिरुवा तथा बिरुवाजन्य उपजको अन्तर्राष्ट्रिय व्यापारको क्रममा बिरुवा स्वस्थतामा पर्न जाने संभावित जोखिमलाइ  नियमन गर्न र बिरुवा तथा बिरुवाजन्य उपजहरुको उत्पादन तथा उत्पादनोपरान्त लाग्ने रोग, कीरा, झारपात, चरा, मुसा आदिको क्षति नियन्त्रणका लागि आवश्यक विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्बन्धि कार्यहरु गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र को स्थापना भएको हो।

हाल नेपाल सरकारले केन्द्रिय स्तरमा एक प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र यसको मातहतमा १५ वटा क्वारेन्टाइन कार्यालयहरु स्थापना गरेकोछ । प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तरगत ५ वटा शाखाहरु रहेका छन् ─

१.  राष्ट्रिय बिरुवा संरक्षण संगठन शाखा

२.  प्लाण्ट क्वारेन्टाइन नियमन तथा अनुगमन शाखा

३.  विषादी पंजीकरण तथा व्यवस्थापन शाखा

४.  शत्रुजीव जोखिम विश्लेशण शाखा

५.  सर्भे एण्ड सर्भेलेन्स शाखा

प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र तथा अन्तरगतका कार्यालयहरुको कार्य  विवरण (कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको मिति २०७९/१२/२६ को (मा. मन्त्रीस्तर) निर्णयबाट स्विकृत)

/uploads/files/ToR%20of%20PQPMC.pdf

प्लाण्ट क्वारेन्टाइन तर्फ

  • विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र विरुवा संरक्षण नियमावली, २०६६ को कार्यान्वयन गर्ने गराउने।
  • ऐन तथा नियमावलीमा तोकिएका कार्य सम्पादनका लागि आवश्यक कार्यविधि/निर्देशिका/मापदण्ड तथा प्रोटोकल तयार गरी स्विकृत भए अनुसार लागु गर्ने गराउने ।
  • बिरुवा स्वस्थतासँग सम्बन्धित सरकारी निकाय/अनुसन्धान संस्था/ विश्वविद्यालय तथा निजी क्षेत्र लगायतका निकायहरुसँग अन्तरनिकाय समन्वयको औपचारीक संयन्त्रहरु स्थापना एवं कार्यान्वयन गर्ने गराउने।
  • विरुवाजन्य वस्तुहरुको अन्तरराष्ट्रिय व्यापारको क्रममा नेपालको सिमा क्षेत्र भित्र रहेका वानस्पतिक/जैविक विविधताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनिकरण गरी स्वस्थ वस्तुहरुको व्यापार सहजीकरण गर्ने ।
  • क्वारेन्टाइन सम्बन्धि नीति निर्माण गर्ने तथा राष्ट्रिय आयातका शर्तहरु तयार गरी लागु गर्ने गराउने ।
  • पैठारी हुने विरुवा तथा बिरुवाजन्य वस्तुहरुको नियमित रुपमा शत्रुजीव जोखिम विश्लेषण एवं पुनरावलोकन गर्ने ।
  • देश भित्र रहेका शत्रुजीवहरुको सूचि तयारी, अद्यावधिक गर्ने गराउने तथा शत्रुजीवहरुको अवस्थावारे जानकारी राख्ने र त्यसका आधारमा निर्यात बजारको लागि आवश्यक सूचना संकलन गर्ने ।
  • व्यापार नाकाहरुमा स्थापना भएका प्लाण्ट क्वारेन्टाइन कार्यालयहरु सञ्चालन एवं व्यवस्थापन गर्ने ।
  • अन्तरराष्ट्रिय बिरुवा संरक्षण महासन्धी (IPPC) तथा एशिया प्रशान्त क्षेत्रीय बिरुवा संरक्षण नियोग (APPPC) को Focal Point को रुपमा रही निर्दिष्ठ कृयाकलापहरु संचालन गर्ने ।
  • विरुवा संरक्षण संगठनका रुपमा रही उल्लेखित ऐनद्बारा तोकिएका कृयाकलापहरुलाई कार्यान्वयन गर्ने।
  • मुलुकभित्र नियमित गर्नुपर्ने नन क्वारेन्टाइन शत्रुजीवहरु पहिचान गरी  तिनको आवागमन, नियन्त्रण तथा  व्यवस्थापन गर्नका लागि प्रदेश तथा स्थानिय तहहरुको माग अनुसार  आन्तरिक क्वारेन्टाइन लागु गर्न प्राविधिक सहयोग गर्ने।
  • Emerging Pest, Invasive Species एवं विभिन्न Quarantine pest हरुको वारेमा सचेतना सम्वन्धि कार्यहरु गर्ने गराउने ।
  • केन्द्रीय बिरुवा स्वस्थता तथा निदान प्रयोगशालालाइ National Reference/Referral Laboratory को रुपमा सञ्चालन गरी पैठारी हुने वस्तुहरुको विरुवा स्वस्थताको सुनिश्चितताका लागि आवश्यक प्रयोगशाला परिक्षण, निदान, प्रमाणीकरण तथा आवश्यकता अनुसार Notification of Non Compliance जारी गर्ने ।
  • आवश्यकता अनुसार पोष्ट इन्ट्री सर्भे तथा क्वारेन्टाइन कार्य गर्ने गराउने ।
  • निकासी हुने वस्तुहरुको पैठारी हुने राष्ट्रको आवश्यकताका आधारमा बिरुवा स्वस्थता प्रमाणीकरण गर्ने ।
  • जैविक सुरक्षा तथा बिरुवा स्वस्थता सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गराउने।

विषादी पञ्जीकरण तथा व्यवस्थापन तर्फ

  • जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ र नियमावली, २०५० कार्यान्वयन गर्ने गराउने।
  • विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्वन्धी ऐन तथा नियमावलीमा तोकिएका कार्य सम्पादनका लागि आवश्यक कार्यविधि/निर्देशिका/मापदण्ड तथा प्रोटोकल तयार गरी स्विकृत भए अनुसार लागु गर्ने गराउने।
  • पञ्जीकरण भएका र प्रतिवन्धित विषादीहरुको सूचना संकलन र प्रवाह गर्ने।
  • विषादी नियन्त्रण र व्यवस्थापनसंग सम्वन्धित अन्तरराष्ट्रिय संघ संस्थासंग सम्पर्क, समन्वय र सहकार्य गर्ने।
  • विषादीको आयात अनुमती र नियमन सम्वन्धी कार्य गर्ने ।
  • विषादी गुणस्तर परिक्षण प्रयोगशाला सञ्चालन गर्ने ।

क्वारेन्टाइन कार्यालयहरु

  • बिरुवाजन्य वस्तुहरुको आयातका लागि प्रवेश अनुमती पत्र जारी गर्ने ।
  • निर्यात गरिने कृषि तथा वनजन्य बालीवस्तुको क्वारेन्टाइन चेकजाँचका आधारमा बिरुवा स्वस्थता प्रमाण पत्र जारी गर्ने ।
  • कृषि तथा वनजन्य बालीवस्तुको पैठारीका लागि छोडपुर्जी जारी गर्ने ।