नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

विषादी व्यवस्थापन तथा पञ्जिकरण शाखा

  • जीवनाशक विषादी ऐन, २०४८ र नियमावली, २०५० को पहिलो संशोधन २०६४ को परिधिभित्र रही विषादीको आयात, निर्यात, उत्पादन, किनवेच तथा प्रयोग सम्बन्धी व्यवस्था गर्ने ।
  • विषादी सम्बन्धी राष्ट्रिय नीति तर्जुमा, विषादीको गुणस्तर नियमित वा नियन्त्रित र निजी तथा सरकारी क्षेत्रवीच समन्वय कायम गर्ने ।
  • विषादीहरुको प्रभाव न्यून गर्ने सिलसिलामा जीवनाशक विषादी ऐन र नियमावलीको पूर्ण पालन गरी विषादी व्यवस्थापन कार्य गर्ने ।
  • देशमा आयात, संश्लेषण, विक्री वितरण, व्यवसायिक प्रयोग गरिने विषादीहरुको नियमानुसार पञ्जिकरण गराई प्रमाणपत्र÷इजाजतपत्रद्वारा विषादी व्यवस्थापन÷नियन्त्रण गराउने ।
  • अन्तर्राष्ट्रियस्तरमा नेपाल सरकारसरकारले जाहेर गरेका प्रतिवद्धता पूरा गर्न जीवनाशक विषादी ऐन नियमलाई समयानुकूल परिष्कृत, परिमार्जन र संशोधन गर्दै लैजान प्राथमिकता दिई सुदृढिकरण गरिने ।
  • विषादी आयात एवं विक्री वितरणको लागि तथ्यांक अद्यावधिक गर्ने ।
  • वनस्पतिजन्य र वायो–याशलन पेष्टिसाइड विषादीहरुको प्रयोगलाई प्रोत्साहित गर्न ती वनस्पतिहरुको उत्पादन र प्रयोगमा जोड दिने ।