नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

राष्ट्रिय विरुवा संरक्षण संगठन शाखा

  • राष्ट्रिय विरुवा संरक्षण संगठनको सचिवालयको रुपमा कार्य गर्ने
  • नियमित शत्रुजीवहरुको सूचि तयार गर्ने
  • अन्य निकायहरुमा शत्रुजीवहरुको वारेमा जानकारी गराउने
  • पैठारी वा निकासी गरिने विरुवा वा विरुवाजन्य उपजको स्वस्थता सम्वन्धि मापदण्ड तयार गर्ने , लागु गर्ने, गराउने
  • विरुवा, विरुवाजन्य उपज, वायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीरा र अन्य वस्तुको परिक्षण, जाच, निरीक्षण र उपचार सम्वन्धि निर्देशिका तयार गरी लागु गर्ने
  • संकटोत्पन्न क्षेत्रको पहिचान गरी क्वारेन्टीन प्रकृयावाट सो क्षेत्रको विरुवा तथा विरुवाजन्य उपजको संरक्षण गर्ने गराउने
  • शत्रुजीव मुक्त क्षेत्र एवं कम शत्रुजीव संक्रमित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रको घोषणा तथा निगरानी गर्ने
  • विरुवा तथा विरुवाजन्य उपज, वायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीराको ओसार पसार र प्रयोग सम्वन्धि शर्त तथा वन्देज तोक्ने
  • विरुवा, विरुवाजन्य उपज, वायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीरा र अन्य वस्तु सम्वन्धि कामको राष्ट्रिय रुपमा समन्वय गर्ने
  • अन्य राष्ट्रहरुको विरुवा स्वस्थता सम्वन्धि निकायसंग समन्वय तथा समझदारी गर्ने