नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

प्लान्ट क्वारेन्टाइन नियमन तथा अनुगमन शाखा

  • कृषि तथा वनजन्य वस्तुहरुको आयात निर्यातमा विरुवा स्वस्थता प्रमाणिकरण गर्ने ।
  • विरुवा र विरुवाजन्य उपजहरु र यससँग सम्बन्धित शत्रुजीवहरुको आन्तरिक र बाह्य प्रवेश र निकासीलाई प्रभावकारी रुपमा नियमन गर्ने ऐन नियमावलीहरुमा आवश्यकतानुरुप परिमार्जन एवं संशोधन गर्ने ।
  • शत्रुजीवहरुको प्रवेश एवं विस्तार हुनबाट रोक्न निरिक्षण, परिक्षण र उपचार प्रकृयाहरुको आवश्यकता अनुसार निर्देशिका बनाई अवलम्वन गर्ने गराउने ।
  • प्लान्ट क्वारेन्टाइनसँग सम्बन्धित प्राविधिक निकायहरु वीच आपसी समन्वय र सहयोग विकासका लागि समय सापेक्ष परिमार्जन गर्दै लाने ।
  • आवश्यक बालीहरु पहिचान गरि आन्तरिक प्लान्ट क्वारेन्टाइन कार्यक्रम सन्चालनको लागि आवश्यक निर्देशिका बनाउने र सो को समय सापेक्ष परिमार्जन गर्दै लाने ।
  • विश्व व्यापार संगठनको Sanitary and Phytosanitary (SPS) सम्झौता एवं अन्य अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु अनुरुप देशमा लागू गरिएका विरुवा स्वस्थता सम्बन्धि उपायहरुको बारेमा सम्बन्धित राष्ट्रहरुलाई जानकारी गराउने ।
  • WTO का सदस्य राष्ट्रहरु एवं व्यापारिक साझेदार राष्ट्रहरुलाई आवश्यकता अनुसार नियन्त्रित शत्रुजीवहरुको सूची उपलब्ध गराउने ।