Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

Locust Update (2077/04/05)

Published On: 2020-07-20

सलहको सम्भावित प्रकोप र व्यवस्थापनका सम्बन्धमा अत्यन्त जरुरी सूचना (२०७७/०४/०५)

 

नेपालमा सलहको आक्रमण सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार श्रावण १ गते दिउँसो बाँके जिल्लाबाट प्रवेश गरेको सलह सुर्खेत उपत्यका तथा आसपासका क्षेत्रमा र अर्को झुण्ड दशरथपुरबाट उत्तरतर्फ दैलेखको भगवतीमाइ तथा बिरेन्द्रनगरको वडा नं १ मा तथा जाजरकोटसम्म पुगेको जानकारी प्राप्त भएको छ । उक्त सलहले बिशेष गरि तरकारीवालीमा केही क्षति गरेता पनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी नभएको र धुवाँ, ध्वनी, अन्य विविध उपायहरुका साथै बिषादीको समेत प्रयोग गरिएको जानकारी प्राप्त भएको र हाल मौसम प्रतिकुल भएको कारण अग्ला रुखहरु तथा जङ्गलमा आश्रय लिइरहेकोले विषादी प्रयोग गरेरमार्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ ।

कन्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको झुण्ड सिमावर्ति भारतमा तथा यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेको जानकारी प्राप्त भएको छ ।

यसअघि मिति २०७७/०३/२८ मा दाङ्ग जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड साँझ प्यूठान जिल्ला हुँदै गुल्मी, वागलुङ्ग लगायतका क्षेत्रमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

 

जल तथा मौसम विज्ञान बिभागका अनुसार मिति २०७७।४।४ बेलुका देखि नेपालको तराई तिर सरेको monsoon trough २०७७।४।७ सम्म नेपालको तराई भू-भागमा नै रही ८ गते मात्रै बिस्तारै दक्षिण तिर सर्ने भएकोले ५ गते देखि लगभग ८ गते सम्म नेपालमा सतहमा र समुन्द्री सतहबाट लगभग १५००मि माथि वायु पश्चिम, दक्षिण-पश्चिम र दक्षिण बाट प्रवेश गर्ने देखिन्छ। जसले गर्दा ५ गते र ६ गते देशभर सामान्य देखी पूर्ण बदली रहि देशका अधिकांश स्थानहरुमा ह्लका देखि मध्यम वर्षा हुने देखिन्छ । प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । ७ गते बुधबार देखि पश्चिमी क्षेत्रको मौसमा केहि सूधार आउने देखिन्छ भने प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशमा बर्षाको संभावना छ।

त्यसैगरि भारत मौसम बिज्ञान बिभागका अनुसार, यस तीन दिन (५, ६ र ७ गते) भारतको राजस्थानमा खण्ड खण्ड ठाऊँमा ह्ल्का वर्षा ( Isolated rain) को मात्र संभावना रहेको छ । उत्तराखण्ड र उत्तरप्रदेशमा आज र भोली सामान्य देखी पूर्ण बदली रहि त्यस क्षेत्रका अधिकांश स्थानहरुमा ह्लका देखि मध्यम वर्षा हुने देखिन्छ। एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। बुधबार देखि मौसाममा केहि सुधार आउने पूर्वानुमान छ।बिहारमा आज, भोली र पर्सी (बुधबार) तीन दिन सम्म नै सामान्य देखी पूर्ण बदली रहि त्यस क्षेत्रका अधिकांश स्थानहरुमा ह्लका देखि मध्यम वर्षा हुने देखिन्छ। थोरै स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आज बिहान ८:४५ बजेको भु-उपग्रहको तथ्यांकलाई आधार मान्दा विगत २४ घन्टा भित्र नेपालको प्राय सबै स्थानहरुमा मध्ययम देखि भारी बर्षा भैरहेको छ। भारतको विहार राज्यभर भारी बर्षा भएको पाईन्छ भने उत्तर प्रदेशको पुर्वि भुभागमा पनि भारी बर्षा भएको देखिन्छ। यसै गरी उत्तराखण्ड राज्यमा भने विगत २४ घण्टामा मध्यम बर्षा मात्र भएको देखिन्छ। उक्त स्थानहरुमा भारत मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो भरिनै मध्ययम देखि भारी बर्षाको सम्भाबना आँकलन गरिएको छ ।

Locust Analytics- by PlantVillage at Penn State in collaboration with UN FAO and partners Swarm Trajectory Prediction को पछिल्लो पूर्वानुमान अनुसार भारतको राजस्थानमा रहेका सलहका झूण्डहरु जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयर तर्फ अगाडी बढ्न सक्ने पूर्वानुमान रहेको छ । उक्त सलहका झूण्डहरु पश्चिम, दक्षिण पश्चिम तथा दक्षिण बाट बायुसँगै नेपालको मध्य तथा पश्चिम तराइ र सुदुरपश्चिम क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।

यसरी हालको मौसमको अवस्थामा नेपालमा भित्रीइ सकेका सलहका झुण्डहरु अझै केहीदिन सम्म नेपाल मै रहन सक्ने हावाको वहावसँगै पूर्व तथा उत्तरतर्फ अगाडि बढ्न सक्ने देखिन्छ भने भारतको राजस्थान बाट उत्तर प्रदेश तर्फ अगाडी बढेका सलहका झूण्डहरु समेत नेपालमा प्रवेश गर्न सक्ने देखिन्छ । बर्षात भइरहेको समयमा तथा रातको समयमा सलह स्थानान्तरण गर्न नसक्ने भएतापनि हावाको वहाव सँगै प्रवेश गर्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै आवश्यक पूर्वतयारी तथा सावधानि अपनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।