Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

Locust Update (2077/04/04)

Published On: 2020-07-19

नेपालमा सलहको आक्रमण सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार श्रावण १ गते दिउँसो बाँके जिल्लाको नरैनापुर क्षेत्रमा भारत तर्फबाट प्रवेश गरेको केही लाखको संख्यामा रहेको सलहको झुण्ड हिरमिनीया, नौवस्ता हुँदै छिन्चु पुगेको र त्यहाँबाट दशरथपुर हुँदै उत्तरगंगा पुगेको र उक्त झुण्ड छुट्टीएर एउटा झूण्ड छिन्चु आसपास र रामघाट क्षेत्रमा आँप तथा मकै बालीमा केही क्षति गरेको जानकारी प्राप्त भएको छ । सो झूण्ड श्रावण ३ गते दैलेख तथा जाजरकोटसम्म पुगेको जानकारी प्राप्त भएको छ ।  

यसै गरी त्यही दिनमा अर्को एउटा झुण्ड कन्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेकोमा कन्चनपुरका विभिन्न स्थानहुँदै भारततर्फ लागेको जानकारी प्राप्त भएको छ । कन्चनपुरमा अवतरण गरेको झुण्डको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेको जानकारी प्राप्त भएको छ ।

भारतको राजस्थान क्षेत्रमा ठूला झुण्डहरु अझै पनि सक्रिय रहेको अवस्थामा आजदेखि हावाको वहावको दिशा परिवर्तन भइ दक्षिण पश्चिमी तथा दक्षिणी वायुको प्रभाव बढेको र हावाको गति पनि तिब्र  रहने पूर्वानुमान रहेको अवस्थामा बर्षातको कारण केही अवरोधहरु सिर्जना भएता पनि सलहले पुन: प्रवेश गर्न सक्ने सम्भावना देखिन्छ । सो क्रममा सुदुर पश्चिम, प्रदेश नं ५ तथा कर्णाली प्रदेशका समेत दक्षिण र पश्चिमी भूभागहरुमा प्रवेश गर्न सक्ने सम्भावना रहेकोले  सजग हुन अनुरोध छ ।

मौसमको अवस्था तथा सलहको झूण्डहरुको अवस्थाबारे निरन्तर निगरानी भैरहेको र सम्भाव्य प्रवेशको सूचना समेत तत्काल प्रवाह गरिने व्यहोरा अनुरोध छ ।