Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

Locust Update (2077/04/01)

Published On: 2020-07-16

नेपालमा सलहको आक्रमण सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार आज श्रावण १ गते दिउँसो बाँके जिल्लाको नरैनापुर क्षेत्रमा भारत तर्फबाट प्रवेश गरेको केही लाखको संख्यामा रहेको सलहको झुण्ड हिरमिनीया, नौवस्ता हुँदै छिन्चु पुगेको र त्यहाँबाट दशरथपुर हुँदै उत्तरगंगा पुगेको छ । यसै गरी अर्को एउटा झुण्ड कन्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको जानकारी प्राप्त भएको छ । उक्त सलह सामान्यतया राति बास बस्ने र कम चलायमान भइ बास बसेको ठाउँमा मात्र नोक्सान गर्ने र बिहान सूर्योदय पश्चात् सक्रिय हुने भएकोले आवश्यक सावधानी र पूर्व तयारी गर्न सम्बन्धित सबैलाइ अनुरोध छ । आइतबार सम्म हावाको बहाव पश्चिम उतर तर्फ रहने पूर्वानुमान भएकोले विशेष गरि पश्चिम तथा उत्तर तर्फ बिशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।

यसैगरी प्यूठानमा यस अघि नै प्रवेश गरेको सलहको झुण्ड अझै पनि अर्खा रजवारा तथा स्याउलीबाङ्ग लगायतका क्षेत्रमा रहेको जानकारी प्राप्त भएको हुँदा आसपासका क्षेत्रमा समेत सजगता अपनाउन अनुरोध छ ।