Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

सलहको प्रकोप: हालको अवस्था तथा व्यवस्थापनको पूर्वतयारी सम्बन्धमा अत्यन्त जरुरी सूचना (२०७७ आषाढ ३१ गते)

Published On: 2020-07-15

सलहको सम्भावित प्रवेश तथा व्यवस्थापनको पूर्वतयारी सम्बन्धमा अत्यन्त जरुरी सूचना (२०७७/०३/३१)

मिति २०७७/०३/२८ मा दाङ्ग जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड प्यूठान हुँदै रोल्पा, रुकम लगायत पश्चिम उत्तरतर्फ अगाडि बढेको जानकारी प्राप्त भएको तथा नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रीवेणी क्षेत्रमा आश्रय लिएको जानकारी प्राप्त भएकोमा मौसममा परिवर्तन भएको र पूर्वी तथा दक्षिण पूर्वि वायुको प्रभाव बढेकोले उक्त सलहहरु पश्चिमतर्फ अगाडि बढ्ने पूर्वानुमान रहेको छ । 

आषाढ १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरु मध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा उपस्थित रहेको पछिल्लो जानकारी प्राप्त भएको छ ।

भारतको उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा रहेका सलहहरु वायुको प्रवाह सँगै  मध्य तथा पश्चिम तराइका क्षेत्रहुँदै पश्चिम तर्फ  लाग्ने पूर्वानुमान रहेको छ । सो क्रममा मध्य तथा पश्चिम तराइका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेकोले  बिशेष गरी मध्य तथा पश्चिम तराइ क्षेत्रमा सजग हुन अनुरोध छ । उक्त सलहहरु बिस्तारै राजस्थानतर्फ प्रस्थान गर्ने क्रममा रहेको र पश्चिम तर्फ अगाडि बढ्ने भएकोले यदि कतै सलहको झूण्डको प्रवेश भएको खण्डमा तत्कालै प्रवेश गर्न सक्ने सम्भाव्य क्षेत्रमा सूचना प्रवाह गरि सजग गराइदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।  

सलहको मार्ग प्रक्षेपण संलग्न तस्विरबाट देख्न सकिनेछ ।