Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

सलहले पुन: दाङ्ग जिल्लाबाट प्रवेश गरेकोलेआवश्यक सतर्कता अपनाउन सम्पूर्ण कृषक तथा सबै सरोकारवालाहरुमा अनुरोध

Published On: 2020-07-12

आज विहान ९:३० बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झूण्ड दाङ्ग जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको  र पुन: दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको र उक्त स्थानमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ । उक्त सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरि नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध छ । यसका अतिरीक्त थप झूण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नं ५, २ तथा १ का तराइ र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।