Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

सलहको क्षतिको पछिल्लो अवस्था (२०७७।०३।१९ सम्मको)

Published On: 2020-07-03

सलहको क्षतिको हालको अवस्था ( २०७७/०३/१९ सम्मको)

मनसुनको शुरुआत हुने क्रममा नेपालमा बहने हावाको बहाव पूर्वबाट पश्चिम तर्फ रहेकोमा अचानक हावाको वहावको दिशामा आएको परिवर्तनका कारण आषाढ ११ गतेदेखि दक्षिण पश्चिमी बायुको प्रभाव रहन जाँदा भारतको उत्तर प्रदेशमा सक्रिय रहेका सलहका झुण्डहरुबाट अलग्गिएका ससाना झुण्डहरु नेपालको तराइ क्षेत्रका केही जिल्लाहरुमा प्रवेश गरेको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको आजको पूर्वानुमान अनुसार गत शनिबार देखि पश्चिमी तथा दक्षिण पश्चिमी वायुको प्रभाव रहेकोमा आजदेखि पूर्वि दक्षिण पूर्वी हावाको प्रभाव रहने देखिएको छ ।

भारतमा रहेका झुण्डहरुमध्ये नेपालबाट सबैभन्दा नजिकमा रहेका २ वटा झुण्डहरु हिजो सम्म उत्तर प्रदेशको इटावामा रुपन्देहीको सिमानाबाट करीब ५०० किलोमिटर टाढा रहेकोमा आजको अपडेट अनुसार दक्षिण पूर्वतर्फ स्थानान्तरण भइ मध्य प्रदेशको दिलवारा ललितपुरमा  करीब ७६४ किलोमिटर टाढा पुगेको देखिन्छ । यसर्थ तत्कालै नयाँ सलहको झुण्डहरु नेपाल प्रवेश गर्ने सम्भावना कम देखिन्छ तथापि सलहको झुण्डहरुको स्थानान्तरणको बारेमा निरन्तर निगरानी भइरहेको छ ।

सलहको पुन: आक्रमण हुने पूर्वानुमान भएमा तत्काल सूचना प्रवाह गरिनेछ ।

झुण्डहरुको अवस्थितिको अपडेट पनि नियमित रुपमा गरिनेछ । 

हाल नेपाल भित्र प्रवेश गरिसकेका झुण्डहरुको हकमा हालसम्मको अवस्था देहाय बमोजीम रहेको छ ।

क्र स

मिति

अनुमानित संख्या

प्रवेश गरेको स्थान

स्थानान्तरण भै गएको स्थान

१३ गते

१२ देखि १५ लाख

बारा/पर्सा

बारा पर्सा रौतहट मकवानपुर चितवन

१३ गते

८ देखि १० लाख

सर्लाही

सिन्धुली काभ्रे सिन्धुपाल्चोक काठमाण्डौ ललितपुर भक्तपुर नुवाकोट

१३ गते

१२ देखि १५ लाख

रुपन्देही

रुपन्देही कपिलवस्तु पाल्पा स्याङ्गजा कास्की लमजुङ्ग गुल्मी

१४ गते

८ देखि १० लाख

कपिलवस्तु

कपिलवस्तु अर्घाखाँची दाङ्ग प्यूठान रोल्पा रुकुम

१५ गते

२० देखि २५ लाख

रुपन्देही

रुपन्देही अर्घाखाँची दाङ्ग प्यूठान रोल्पा

१६ गते

२०००

डडेलधुरा

डडेलधुरा

१६ गते

८ देखि १० हजार

कैलाली

कैलाली

 

सलहले आक्रमण गरेको बोट बीरुवा तथा क्षतिको स्तर

क्र स

जिल्ला

बालीहरु

आक्रमण भएको क्षेत्रफल

क्षतिको स्तर

हालको अवस्था

मकवानपुर

मकै तथा तरकारी

१०५ हेक्टर

सामान्य देखि मध्यम

नरहेको

सिन्धुली

मकै

 

सामान्य

नरहेको

दाङ्ग

मकै तथा तरकारी

५८० हेक्टर

सामान्य

नरहेको

कपिलवस्तु

मकै तथा तरकारी

 

सामान्य देखि मध्यम

नरहेको

रुपन्देही

मकै

 

सामान्य देखि मध्यम

 

प्यूठान

मकै फलफूल तरकारी तथा भटमास

२८३ हेक्टर

सामान्य देखि मध्यम

केही संख्यामा अझै सकृय केही उत्तर तर्फ लागेको

अर्घाखाँची

मकै तथा तरकारी

१०० हेक्टर

सामान्य

नरहेको

पाल्पा

मकै तथा तरकारी

५० हेक्टर

सामान्य

नरहेको

रोल्पा

मकै

 

सामान्य

अझै सकृय

सलहको उपस्थितिको सूचना प्राप्त भएका जम्मा जिल्लाहरु ५२ भएता पनि स-साना छरीएका झुण्डहरु रहेकाले उल्लेख्य क्षति भएको विवरण कतैबाट पनि प्राप्त नभएको ।